विराटनगर  / आजबाट प्रदेश नं १ मा ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । 

ट्राफिक सचेतना प्रदान गर्ने उद्देश्यले प्रदेश १ का चौध जिल्लामा सप्ताहव्यापी कार्यक्रम आइतबारबाट सुरु भएको हो । 

OM Sai Pathibhara Hospital

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा आगामी पुस १० गतेसम्म सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । 

भोलि (सोमबार)बाट चोकहरूमा सचेतनामूलक पर्चापम्पलेट वितरण गरिँदै छ ।

त्यस्तै फुटपाथ र पार्किङ व्यवस्थापन, चालक, परिचालकलाई प्रशिक्षक, भिडभाड हुने स्थलमा सचेतनामूलक कार्यक्रम, र अन्त्यमा कार्यक्रमको समीक्षासहित अन्तरक्रिया गरिँदै कार्यक्रमको समापन गरिने छ ।