झापा / नेपाली बजारमा यो सातामा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ । 

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला १५०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार साताको शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यसका साथै साताभरिमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले उकालो लागेको महासङ्घले जानकारी दिएको छ । 

चाँदी गत साताको शुक्रबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो । जुन, हिजो शुक्रबार तोलामा १२ सय ५० रुपैयाँ कायम भएको महासङ्घले बताएको छ ।