लमजुङ / ४ मेगावाट क्षमताको छन्दीखोला जलविद्युत आयोजनाबाट उत्पादन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाबाट उत्पादित बिजुली निर्माण सकिएको ४ महिनापछि व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

OM Sai Pathibhara Hospital

निर्माणको काम साउनमै सकिएर असोजदेखि प्रसारण लाइनमा जोड्ने योजना आयोजनाको थियो । तर, प्रसारण लाइनमा समस्या आउँदा ४ महिना ढिला गरी प्रसारण लाइनमा जोडिएको हो । 

२०७५ साल कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७७ साल साउन भित्रै सक्ने लक्ष्य थियो । तर, कोरोना महामारीका कारण आयोजना एक वर्ष पछाडि धकेलिएको बताइएको छ ।