काठमाडौं  / खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ।

लघुवित्तको पुस २४ गते हुने दोस्रो वार्षिक साधारण सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

OM Sai Pathibhara Hospital

यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणलगायत प्रस्तावसमेत पारित गर्नेछ ।

यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित पनि गर्ने जनाइएको छ । 

कम्पनी सञ्चालक समितिको हालै सम्पन्न बैकठले साधारण सभा गर्ने निर्णय गरेको हो ।