काठमाडौँ / नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६८ पैसा र बिक्री दर १२२ रुपैयाँ २८ पैसा कायमा गरेको हो।

OM Sai Pathibhara Hospital

युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ १८ पैसा र बिक्री दर १३७ रुपैयाँ ८५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ११ पैसा छ। 

यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र बिक्री दर ८७ रुपैयाँ १८ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ रहेको छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ७० पैसा र बिक्री दर १० रुपैयाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९१ पैसा छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २५ पैसा र बिक्री दर १० रुपैयाँ ३० पैसा कायम भएको छ।