काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९३ हजार पुगेको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार तीन सयमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital


 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार पाँच सय कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार आठ सय तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।