काठमाडौँ  / नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । 

योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

OM Sai Pathibhara Hospital

यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।