झापा / नेपाल विद्युत प्राधिकरणले आजदेखि पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउन्टर बन्द गरेको छ । 

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै प्राधिकरणले पुस ५ गतेसम्मका लागि बिलिङ प्रणाली बन्द गरेको हो । 

OM Sai Pathibhara Hospital

विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । 

नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउन्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।