काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले नेपालको सम्भावना भएको क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रहरूलाई आव्हान गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री शर्माले मुलुकलाई समृद्ध बनाउन सम्भावना भएको क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रहरूलाई आव्हान गरेका हुन् । 

OM Sai Pathibhara Hospital

‘प्रतिस्पर्धामा जान सक्ने, स्वयमः आत्मनिर्भर बन्न सक्ने क्षेत्रमा अध्ययन गरौँ,’ उनले भने, ‘हिजो र आजको परिस्थिति फरक छ ।’ 

चालु आवको पहिलो चार महिना मै ३८७ अर्ब कर्जा विस्तार भइसकेको भन्दै शर्माले भने, ‘अहिलेको मुख्य समस्या नै पुँजीगत (विकास) खर्च हुन नसक्नु हो ।’

अब कामले गति लिने र पुँजीगत खर्च समेत हुने उनको भनाइ छ । बैंकिङ क्षेत्रमा तरलता अभाव पूर्ति गर्न नेपाल राष्ट्र बैंकबाट पहल भइरहेको उनले बताए ।