काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । 

मंगलबार प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार ) पाँचसय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।