तनहुँ / श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन । 

पाटन युवा क्लबद्धारा व्यास ५ को पराशर आश्रमको प्राङ्गणमा आयोजित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै वैदेशिक रोजगारीमा ठगी गर्ने दलालहरूलाई आफूले नछाड्ने मन्त्री श्रेष्ठले बताए ।

OM Sai Pathibhara Hospital

विदेश जाँदा श्रम मन्त्रालयको स्वीकृति लिएर मात्रै जान मन्त्री श्रेष्ठले युवालाई आग्रह गरेका छन । ९७ प्रतिशत युवाहरू तालिम र विना सीप वैदेशिक रोजगारीमा जाने गरेको भेटिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन ।

विगतमा केन्द्रमा मात्रै भएको तालिमको व्यवस्थालाई आफू मन्त्री भएपछि ७ वटै प्रदेशमा तालिम केन्द्र खोलेर वैदेशिक रोजगारमा जाने युवाहरूलाई ज्ञान र सीप दिन थालिएको उनको भनाई थियो ।

श्रमजीवी र श्रमिकहरूको हकहितमा आफूले काम गर्ने मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा जाँदा ठगी भयो भन्ने उजुरी आए आफूले त्यस्ता मेनपावर कम्पनीलाई तत्कालै कारवाही गर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । ‘म पैसा कमाउन नभई काम गर्न मन्त्री भएको हुँ, वैदेशिक रोजगारीमा ठगी गर्नेलाई छाड्दिन’’ मन्त्री श्रेष्ठ बताउँछन ।

सर्वोच्च अदालतले संसद् विघटन अवैधानिक भनेपछि जनताको मतको सम्मान गर्दै सम्मान गर्न नेकपा एकीकृत समाजवादी पार्टीमा लागेको बताए ।
कार्यक्रममा तनहुँ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष शङ्करनारायण श्रेष्ठ लगायतले स्वास्थ्यका मापदण्ड पालना गरी हरेक क्षेत्रलाई चलायमान गराउनुपर्ने हुँदा मेला महोत्सवको आयोजना हुनु आवश्यक रहेको कुरामा जोड दिएका छन ।