बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालित अटो टेम्पोको नयाँ भाडादर तोकिदिएको छ । 

सरकारले पेट्रोलियम पर्दाथको मूल्यवृद्धि गरेको भन्दै अटो टेम्पो व्यवसायीहरूले भाडा वृद्धिको माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर तोकिदिएको हो । 

OM Sai Pathibhara Hospital

अटो व्यवसायीहरूले मूल्य वृद्धि माग गरेपछि नगरपालिकाले कार्यपालिकाका सदस्य निता घतानीको संयोजकमा सिफारिस समिति बनाएको थियो । सोही समितिले मंसिर १६ गतेको कार्यपालिका बैठकमा प्रस्ताव गरे अनुसार नयाँ भाडादर तय भएको हो  

बिर्तामोडको मुक्तिचोक देखि २ किलोमिटरभित्र ३० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर १० रुपैयाँ बढाउदै जाने निर्णय भएको समितिकी संयोजक घतानीले जानकारी दिइन् । 

भाँडादर यसप्रकार रहेकाे छ ।

1638952318987-768x908