काठमाडौँ  / आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

OM Sai Pathibhara Hospital

स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।