काठमाडौं / सरकारले ६ वटा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।

OM Sai Pathibhara Hospital

सो कार्यालयले निलगिरीलाई ३ वर्ष, एलिटच्याङ्ग्रासीलाई २–२ वर्ष र एसएनसी, एसएमएस र त्रिदेव निर्माण सेवालाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । 

कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।