काठमाडौँ  / शेयर बजार परिसूचक (नेप्से) आज बुधवार ५३ दशमलव १ अङ्कले घटेको छ । 

आज नेप्से ५३ दशमलव १ अङ्कले ५३ दशमलव १ अङ्कले घटेर दुई हजार चार सय ५५ दशमलव ८० विन्दुमा झरेको हो ।

OM Sai Pathibhara Hospital

आज सबैभन्दा बढी सेयर बीमा, विकास बैंक, जलविद्युत्, व्यापार र माइक्रोफाइनान्स समूहको घटेको छ ।

दुई सय २६ कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । ६५ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ  । सामुदायिक लघुवित्त र एक्सेल विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।