झापा / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ पुगेको छ । 

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ ।