काठमाडौँ / एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनबाट सात करोड रुपैयाँ राजश्व संकलन भएको छ । 

एक साताको अवधिमा भित्रिएको ५६ किलोग्राम सुनबाट सात करोड रुपैयाँ राजश्व संकलन भएको विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

भट्टराईका अनुसार गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्कने १५ सय ४१ जनाले नेपालीले विभिन्न गहना बनाएर ७२ किलोग्राम सुन नेपाल ल्याएका थिए । 

नेपाल ल्याएको सुन मध्ये १३ सय ४१ जनाले ५६ किलोग्राम सुनको कर तिरेका छन् भने बाँकी १८९ जनाले ल्याएको १६ किलोग्राम सुनको भने राजश्व तिरेका छैनन् । 

विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको हो । 

विदेशबाट नेपाल आउने नेपालीहरूले ५० ग्रामसम्म सुनको तयारी गरगहना नेपाल ल्याउन पाइने प्रावधानको गलत प्रयोग गर्दै ठूलो मात्रामा काँचो सुन ल्याउने पाइएको छ । 

५० ग्रामसम्म सुनका गहना ल्याउँदा नलाग्ने भन्सार महसुललाई गलत व्याख्या गरेर काँचो सुनलाई बाला आकारमा घुमाएर गहना भन्दै नेपाल ल्याउने गरिएको पाइएको हो ।

सात दिनमा नेपाल भित्रिएको ७२ किलो सुनको मूल्य ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ ।