बिर्तामोड / नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । 

बिहीबार प्रतितोला ९१ हजार पाँच सय मा कारोबार भएको छापावाला सुनको मूल्य दुई सय रुपैयाँले घटेर आज ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।