काठमाडौँ  / सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको हो ।

OM Sai Pathibhara Hospital

निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको थियो । 

कोषले आफ्नो दिवसका अवसरमा विभिन्न तीन ठाउँ काठमाडौँ, बुटवल र विराटनगरमा एकैसाथ ६० जनालाई पेन्सन वितरण गर्दैछ ।

कोषका अनुसार यसअघि ११४ जनालाई वितरण गरिसकेको कोषले शनिबार ६० जनालाई पेन्सन दिन लागेको हो । कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले मृत्यु भएका परिवारलाई पेन्सनको व्यवस्था गरेको छ । 

कोषका अनुसार कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धा अवस्था सुरक्षा योजनामा ४७ करोड २७ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ ।

कोषका अनुसार यही मङ्सिर ५ गतेसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १५ हजार ७७८ वटा रोजगारदाता कम्पनी र दुई लाख ९४ हजार ६४ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । 

सो अवधिसम्म कोषमा १० अर्ब १० करोड रुपियाँ सङ्कलन भएको छ । कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धा अवस्था सुरक्षा योजनामा ४७ करोड २७ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी बागमती प्रदेशमा रोजगारदाता कम्पनी र योगदानकर्ता सूचीकृत भएका छन् । कोषका अनुसार बागमती प्रदेशमा १० हजार ७५९ रोजगारदाता कम्पनी सूचीकृत भएका छन् भने दुई लाख २१ हजार २०३ जना योगदानकर्ता मङ्सिर ५ गतेसम्म सूचीकृत भएका छन् ।

सो अवधिमा सबैभन्दा कम कर्णाली देशबाट १८६ वटा रोजगारदाता कम्पनी सूचीकृत भएका छन् । प्रदेश १ मा एक हजार ६० वटा रोजगारदाता कम्पनी र ३० हजार ५९९ योगदानकर्ता कोषमा आबद्ध भएका छन् भने प्रदेश २ बाट ६७४ रोजगारदाता कम्पनी र १७ हजार ६८ जना योगदानकर्ता कोषमा आबद्ध भएका छन् । 

त्यसैगरी गण्डकी प्रदेशबाट ७२४ वटा रोजगारदाता कम्पनी र १२ हजार ३०९ जना योगदानकर्ता सूचीकृत, लुम्बिनी प्रदेशबाट एक हजार ३५१ रोजगारदाता कम्पनी र ११ हजार ६० जना योगदानकर्ता सूचीकृत भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट २२४ वटा रोजगारदाता कम्पनी र एक हजार २०६ जना योगदानकर्ता सूचीकृत भएको कोषले जनाएको छ ।