बिर्तामोड / आज नेपाली बजारमा सुनको मूल्य एक हजार छ सय रुपैयाँले घटेको छ । 

सोमबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार छ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ ।