भारतमा उत्पादित चियाको बजारमा असर परेको भन्दै भारतले नेपालको चिया आयातमा अवरोध थालेको छ । दार्जिलिङमा उत्पादित चियाको बजारमा असर परेको भन्दै  भारतले नेपाली चिया आयातमा रोक लगाउने भएको हो । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात पूर्ण रुपमा रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग माग समेत गरेको छ ।

नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले निर्यातमा विभिन्न तवरले अवरोध गर्न थालेको छ । प्रतिवन्ध नै नलगाएपनि अवरोध थालेकाले निर्यातमा कठिनाई भएको नेपाल चिया उत्पादक संघले जानकारी गराएको छ । 

OM Sai Pathibhara Hospital

टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयातमा संलग्नलाई आयात नरोके लाइसेन्स रद्द गर्नेसम्मको धम्की दिन थालेको वताईएको छ । भारतका चिया उद्योग र टी फोरम अफ इन्डियाले नेपाली चियाको आयात तत्काल रोक्न सरकारसँग माग गर्दै आएका छन् ।

गत वर्षको तुलनामा नेपाली चियाको भारत तर्फको निर्यात ३४ प्रतिशतले बढेको छ । नेपाली चियाको आयात बढेकाले भारतीय चियालाई असर परेको भन्दै भारतीय चिया उत्पादक र उध्योगले आयात रोक्न दवाव दिएपछि भारतले निर्यातमा अवरोध गर्न थालेको हो ।  

नेपाली चिया भारतीय चियाका रूपमा विश्व बजारमा बिक्री हुन थालेको भन्दै भारतीय पक्षले अवरोध गर्न थालेको नेपाल चिया उत्पादक संघले बताएकोे छ । नेपाली चियालाई भारतीय बनाएर विश्व बजारमा बिक्री हुने गरेको भारतीय पक्षले दावी गर्दै आएको छ । 

यसअघि पश्चिम बंगालका श्रममन्त्री बेचाराम मन्नाले पनि मुख्यमन्त्री ममता बनर्जीलाई ‘लिखित रुपमा नै आग्रह गर्दै नेपाली चियाको आयात रोक्न माग गरेका थिए । केही भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर युरोप, अमेरिकालगायत मुलुकमा निर्यात गर्न थालेपछि नेपाली चियालाई भारत निकाशीमा अवरोध सुरु भएको हो । 

भारतीय अवरोधका कारण एक सातादेखि नेपाली चिया निकासी हुन समेत सकेको छैन । निकाशिका लागि  ‘टी बोर्डवाट पर्मिट लिएर मात्रै नेपाली चिया निर्यात हुने नयाँ निमय लगाउँदा चियाको मूल्यमा समेत भारी गिरावट आएको छ ।