काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । 

आइतबार प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार दुई सय रुपैयाँले वृद्धि भएर ९३ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । 

चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।