काठमाडौं  / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् । 

तत्कालीन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो । पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

OM Sai Pathibhara Hospital

सचिवस्तरीय निर्णयबाट आपूर्ति शाखा प्रमुख रहेका श्रेष्ठलाई विभागमा पठाएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

श्रेष्ठले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका छन् ।