काठमाडौं / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
तत्कालीन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो । पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेको हो ।





































