बारा //

बाराबाट प्रतिबन्धित लागुऔषध गाजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका ६२ वर्षीय शेरबहादुर जिम्बा छन्।विशेष सूचनाको आधारमा बुधबार अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट जिम्बालाई  ५ किलोग्राम गाजा सहित पक्राउ गरेको हो ।

जिम्बाले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा उक्त गाजा फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका जिम्बालाई प्रहरी हिरासतमा राखेर लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको मिश्रले बताए ।