रौतहट //

रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा फ्री वाईफाई जोड्ने मेयर सियाराम कुश्वाहाले घोषणा गर्नुभएको छ।

OM Sai Pathibhara Hospital

मेयर कुश्वाहाले बुधबार एक समारोहका बीच मोबाइलबाट नेटवर्क संचालन गरि फ्री वाईफाई जोड्ने घोषणा गर्नुभएको

हो ।

उक्त उदघाटन समारोहलाई  सम्बोधन गर्दै मेयर कुश्वाहाले कोभिड- १९ को महामारीको बेलामा विद्यार्थीलाई अनलाईनबाट पढ्न अत्यन्तै सहज हुने बताउनु भयो। 

लकडाउनको अवधिमा हुनेखानेको घरमा वाईफाईको  सुबिधा भएपनी हुँदा खानेको घरमा समस्या देखेर कार्यपालिका बोर्डका साथिहरुको सल्लाह अनुसार निशुल्क वाइफाइको पहल गरेको उँहाले बताउनुभयो ।

यस्तै वाईफाई भएपछी युटुबबाट विभिन्न सीप सिकेर रोजगारीको अवसर जुटाउन सकिने तथा विद्युतलगायत अनेकौं भुक्तानी अनलाइन बाटै  लिन दिन सहज हुने  मेयर कुश्वाहाले बताउनु भयो । २१ औं शताब्दीमा वाईफाईले  विद्यार्थीका साथै सबै वर्गलाई त्यतिनै उपयोगी हुने उँहाको भनाइ छ ।

कटहरिया नगरपालिका अन्तर्गत फ्री वाईफाईको लागि ९ वटै वडामा पहिलो चरणमा ५४ वटा राउटर राखिएको नगर प्रवक्ता चन्दन कुश्वाहाले बताउनु भयो ।