रौतहट //

 रौतहटमा  मेयरको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

OM Sai Pathibhara Hospital

कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामाग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको आरोप लगाउदै  देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।

आज गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँका संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजिनामा माग्नुका साथै प्रदेश सरकारका विरुद्ध समेत नाराबाजी गरेका छन् ।मेयरले राजिनामा नदिए थप आन्दोलन चर्काउने प्रदर्शनमा सहभागी स्थानीय राजेश यादवले बताएका छन्।

प्रदेश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधीलगायतको सामाग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामाग्री बाहिर राखेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छ्न। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रवंशीले समेत सो कुराको पुष्टि गर्दै गोदाममा राखिराखेको सामाग्री पानीबाट कुहिएको बताए ।प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफुलाई आर्थिक लाभ नहुने भएकोले राहतको सामाग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ ।

जनताको लागि प्राप्त भएको राहत सामाग्री कुहाएर मेयरले जनताको भावनासँग खेलवाड गरेको भन्दै यादवले मेयर पदमा रहेर पनि नैतिकता हराईसकेको बताए ।