महोत्तरी //

करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भंगहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान छन्। काकाको घरमा विद्युत् मर्मत गर्ने क्रममा  राजुलाई करेन्ट लागेको र  बर्दिबासमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले बताए। शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको उनले बताए।