झापा / बलात्कारको आरोप लागेका एक प्रहरी  पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढी घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डल छन्।

उनले युवतीलाई विभिन्न प्रलोभन दिइ बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। पटक-पटक विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्दै आएकोमा पछिल्लो पटक गत चैत २८ गते सुनसरीको इटहरीमा बलात्कार गरेको आरोप लगाउँदै एक २३ वर्षीया महिलाले गत साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी थिइन् ।इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा स्वयं उपस्थित भएका असई मण्डललाई मंगलबार नै सुनसरी जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ।