बिर्तामोड
/शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न दबाब
दिने उद्देश्यले संयुक्त राष्ट्रवादी संघर्ष समिति झापाले शनिबार खबरदारी सभा
आयोजना गरेको छ ।
समितिले पुर्वीद्धार काँकडभिट्टादेखि बिर्तामोडसम्म मोटरसाइकल र्याली तथा खबरदारी सभा आयोजना गरेको हो ।
एमसीसी कार्यान्वयनको मिति नजिकिँदै जाँदा त्यसलाई कार्यान्वयन नगर्न दवाव दिने उद्देश्यले समितिले देशव्यापी प्रदर्शन गरेको छ । साउन १५ गते एमसीसी कार्यान्वयनको अन्तिम समय सिमा छ। काँकडभिट्टामा संक्षिप्त सभा गरेर शुरु भएको र्यालीले धुलावारी र बिर्तामोडमा समेत खबरदारी सभा आयोजना गरेको थियो ।
एमसीसी कार्यान्वयन भए नेपालका
प्रचलित कानून निस्क्रिय हुने तथा नेपाल अमेरिकी सैन्य अधिनस्थ मुलुक हुने समितिको
ठहर रहेको सचिव निराजन ओलीले दावी गरेका छन् । नेपालका श्रोत साधनमा अमेरिकी नियन्त्रण
हावी हुने भन्दै समितिले प्रदर्शनलाई कडा बनाउँदै जाने उनले बताएका छन् ।
आइतबार अहिलेसम्म भएको
प्रदर्शनको समीक्षा गर्दै थप सङ्घर्षका कार्यक्रम तय गर्ने समितिले जनाएको छ ।