मकवानपुर / मदन भण्डारी राजमार्गको कुलेखानीसिस्नेरीदक्षिणकाली सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा  त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् ।