बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा  थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । गएको २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

१८ हजार ७ सात ८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको हो । 

OM Sai Pathibhara Hospital

कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने  हाल ४ सय १९ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। 

पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ।