बिर्तामोड / विपत र महामारीको मौका छोपेर सर्वसाधारणलाई मृत्युमा मुखमा पुर्याएर कमिशनको वार्गेनिङ गरिरहेका उध्योगिलाई नै सरकारले खोप आयातको अनुमति दिएको सार्वजनिक भएको छ । कमिशनको खेल सार्वजनिक भइसक्दा समेत मिलेमतोमा राज्यको करोडौं रुपैंया दोहन गर्न पल्केका सरकारी अधिकारीले कमिशनखोरी उद्योगीलाई कारवाही गर्नुको सट्टा तिनैलाई खोप आयात गर्न दिएको सार्वजनिक भएको हो ।

बुधवार देखि देशभरका संचारमाध्यमले कमिशनको यो डरलाग्दो खेलका विषयमा धारावाहिक समाचार प्रकाशन र प्रशारण गरेर सरकारमाथि दवाव बढाउँदा समेत तिनै कमिशन खोरलाई महँगो मुल्यमा खोप आयात गर्न अनुमति दिएको हो । गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा लुट्न सके लुट , अरु देशमा पाईदैन नेपालमा नै हो छुट बोलको गितको भावलाई नै पुष्टि गर्दै सरकारी अधिकारीले करिव ४० करोड रुपैंया कमिशन दिने गरी खोप आयातको अनुमति दिएको खुलेको हो ।

OM Sai Pathibhara Hospital

भारतको सेरम इन्स्टिच्युटबाट खरिद सरकारले खरिद गरेको कोभिडविरुद्धको खोपमा बिचौलिया उद्योगि विनोद दुगड र सुरज वैद्य समुहले १० प्रतिशत कमिशन माग्दै खोप ल्याउन अवरोध गरेको विषय स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संचारमाध्यमबाट सार्वजनिक गरिदिएपछि विपतको मौकामा भईरहेको कमिशनको यो डरलाग्दो खेल सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायीको समुहले कमिशनका लागि बार्गेनिङ गर्दै खोप आयात गर्न रोकिदिएपछि त्रिपाठीले संचारमाध्यमबाट त्यो विषय सार्वजनिक गरिदिएका थिए ।

कमिशनको खेल सार्वजनिक भईसकेपछि कमिशन खोर उद्योगि माथि कारवाहीको अपेक्षा गरेर बसेका नागरिकको आक्रोस माथि नै बज्रपात हुने सरकारको पछिल्लो निर्णय सार्वजनिक गरेको हो । मन्त्रालयका अधिकारीले औषधि व्यवस्था विभागले खोप ल्याउन हुकम डिस्ट्रिव्युर्टसलाई अनुमति दिएको विषय सतहमा ल्याइदिएका छन् । एक अनलाईन पत्रिकासँग कुरा गर्दै विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम र बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्डलाई अनुमति दिएको खुलासा गरेका हुन् ।

सरकार र कम्पनीबीच सिधै खरिद गरिएको खोपमा पनि हुकमले कमिसन मागेपछि खरिद प्रक्रिया नै अवरुद्ध बनेको हो । हुकमले कम्पनीसँग १० प्रतिशत कमिसन मागेर खरिद प्रकृयामा अवरोध गरिदिएपछि मन्त्रालयले खोपका लागि अग्रिम रुपमा रकम पठाएको लटको समेत १० लाख डोज खोप अझै आउन सकेको छैन। हुकमले खरिद प्रक्रियामा अवरोध गरेकैले सरकारले सेरमसँग किन्ने भनेको ५० लाख डोजको समेत खरिद प्रकृया बढेको थिएन ।  

सरकारले कमिशन खोर उध्योगिलाई नै थप  ५० लाख डोज खोप आयात गर्न अनुमति दिएपछि खोपको मुल्य समेत वढ्ने भएको छ । कमिशन रकम समेत जोडेर खोपको नयाँ मुल्यमा अनुमति दिएपछि मुल्य बढ्न गएको हो ।  सरकारले सेरमसँग प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो। तर हुकमको कमिशन वार्गेनिङ पछि प्रति डोज ६ दशमलव ०५ डलर पुगेको हो । 

यो पनि – कोरोनाको नाममा ब्रम्हलुट : जनतालाई मृत्युको मुखमा धकेलेर कमिशन असुल्न खोज्दैछन् उद्योगि