बिर्तामोड / देशकै ठुला उद्योगि सुरज वैद्य र विजय दुगडले कोरोनाको महामारीले मुलुक थलिएको वेला संक्रमणबाट जोगिन आवस्यक भ्याक्सीनमा कमिशन नपाउँदा समयमा नै मुलुकमा भ्याक्सिन आउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले खुलासा गरेका छन् ।

मन्त्री त्रिपाठीले हिमाल खबर पत्रकासँगको  अन्तर्वार्तामा खोप आयातमा बिचौलिया बनेर आएका उद्योगि सुरज वैद्य वैद्य र विजय दुगडले १० प्रतिशत कमिसन मागेपछि समयमा नै खोप आयात हुन नसकेको बताएका हुन् । भारतको खोप उत्पादक कम्पनी सिरमसँग सरकारले ५० लाख डोज खोप किन्ने प्रस्ताव गरेपनि खोप उत्पादक कम्पनीको नेपाल एजेन्ट बनेका उध्योगिद्धयले कमिशन खोजेपछि आयातमा अवरोध भएको त्रिपाठीले अन्तरवार्ताका क्रममा खुलासा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

त्रिपाठीले सिरकको स्थानिय एजेन्ट हुकुम इन्टरप्राइजेज भएको समेत सार्वजनिक गरिदिएका छन् । सिरम इन्टरप्राईजेज उद्योगि सुरज वैद्य र विजय दुगडको हो । उनले सिरमसँग सरकारले सिधै ५० लाख डोज खोप किन्ने प्रक्रिया थालेपछि बिचौलिया वैद्य र दुगडले  १० प्रतिशत खोजेपछि खोप आयात रोकिएको बताएका छन् ।

सरकारले सिरमसँग २० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको थियो । जसको पहिलो लट अन्तर्गत १० लाख डोज नेपाल आएको थियो  । सरकारले दोस्रो पटक सेरमसँग थप ५० लाख डोज किन्ने प्रक्रिया फागुन महिनामा नै अगाडि बढाएको थियो । सो समयमा भारतको अवस्था सामान्य नै रहेको थियो ।

स्वास्थ्यमन्त्रीले बिचौलियाले प्रति डोज ४ डलर मुल्यमा आयात भएको २० लाख डोज खोपमा समेत कमिसन मागेको बताउँदै उनले भनेका छन  – जनताले कर तिरेको रकमबाट किन कमिसन दिने भनेर हामीले एजेन्टलाई खरिद प्रकृयाबाट हटाएका थियौं ।’

‘अहिले पनि ती बिचौलियाको सक्रियता बढेको छ, जसले गर्दा २७ दिनसम्म अप्ठ्यारोमा पर्यो त्यही यो २७ दिन यति निर्णायक भयो, भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो। त्यही कारण ५० लाख डोज खोप खरीद प्रक्रिया अगाडि बढ्न सकेन।’त्रिपाठीले अन्तरवार्तामा भनेका छन् ।

सरकारले पहिलो पटक प्रति ४ डलरका दरले किनेको खोपमा समेत १० करोड कमिशन हने अन्तर्वातामा उनले खुलाएका छन् । तर,सरकारले किन्न खोजेको ५० लाख डोज भ्याक्सिन भने सिरमले स्थानिय प्रतिनिधिसँग सम्झौता गरेर किन्न भनेको र  बिचौलिया हुकुम इन्टरप्राइजेजले ४ डलरको खोपलाई प्रतिडोज ६।०५ अमेरिकी डलरको हिसाबले मूल्य प्रस्ताव गरेको पनि खुलासा गरेका छन् ।

५० लाख डोजको १० प्रतिशतका दरले कमिशन रकम मात्रै ३२ हुन जान्छ । वैद्य र दुगडले महामारीको मौका छोपेर जनतालाई आवस्यक खोपमा कमिशनमा वार्गेनिङ गरेकै कारण सरकारले पैसा दिएको १० लाख डोज भ्याक्सिन समेत आउन नदिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

बिचौलियाको कमिशनको खेलमा सरकार रुमलिंदा करिव एक महिना बितेपछि भारतमा भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि भारतले खोप निर्यातमा नै  रोक लगायो । कमिसन खेल नभएको भए स्वास्थ्यमन्त्रीको भनाई अनुसार नेपालीलाई आवस्यक खोप मध्ये करिव आधा नेपाल आईपुगिसक्ने थियो ।