बिर्तामोड / जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आह्वान गरेको छ ।
आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गरेका हुन् । उनले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीले अधुरा रहेका कामबारे समेत प्रजिअलाई जानकारी गराएका थिये ।