बिर्तामोड/ झापाको मेचीनगर नगरपालिका –८ मा बसोबास गदै आएका ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । 

फागुन १४ गते दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका–८  बाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान –१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय  काँकडभिट्टाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –११ हडिया खोलास्थितमा २०७७ फागुन १४ गते शुक्रबार साँझ ६ बजे चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जु कुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।