बाराको फेटा गाउँपालिका- ५ जोतपुरबाट स्रोत नखुलेको रकमसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

OM Sai Pathibhara Hospital


प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । 


प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।