विदेश

    Showing 691-700 of 1,581 items.
  • उत्तर कोरियाद्वारा २ वटा क्रुज क्षेप्यास्त्र परीक्षण

    एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।साेमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो । अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि साेमबारदेखि नै सुरु भएको छ ।त्यस्तो सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित गरिएकाे भन्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 136 पटक पढिएको
  • क्यालिफोर्नियामा डुंगा दुर्घटना, ८ जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे । दुर्घटना ग्रस्त डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन नभएता पनि जीवित्तै उद्धार गर्ने सम्भावना कम भएको उद्धारकर्मीहरुले बताएका छन् ।सान डिएगोमा मानव तस्करीका लागि समुद्री मार्ग भएर यात्रा गर्ने यात्रुहरु बढी जोखिममा पर्ने गरेका छन् । त्यहाँ विगत ५ महिनामा मानव तस्करहरुले समुद्री मार्गमार्फत आप्रवासीहरुको ओसार्ने क्रम तीब्र बनाएका छन् । सन् २०२१ पनि आप्रवासीहरु चढेका डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 176 पटक पढिएको
  • अवैध आप्रवासीहरुलाई बेलायतले शरण नदिने

    एजेन्सी - बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि नदिने बताए । फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उहाँले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट पारे ।फ्रान्ससँग सीमा छुट्याउने ब्रिटिस च्यानल डुंगाबाट तरेर बेलायत प्रवेश गर्नेहरुको संख्या दिन प्रतिदिन बढेपछि बेलायत कठोर बनेको हो । सन् २०१८ मा वार्षिक तीन हजार व्यक्ति डुंगाबाट बेलायत छिरेकोमा पछिल्लो समय उक्त संख्या वार्षिक १८ हजार पुगेको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 223 पटक पढिएको
  • रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी : दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन

    बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका बीबीसीले जनाएको छ ।बङ्लादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका बताउनुभएको छ । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका उहाँले बताउनुभयो ।हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 144 पटक पढिएको
  • चीनले बढायो रक्षा बजेट

    काठमाडौं : चीनले आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गरेको छ। चिनियाँ जनकंग्रेसको नयाँ शत्र सुरु गर्दै प्रधानमन्त्री ली खछ्याङले सैन्य बजेट वृद्धिको घोषणा गरे। यही जनकंग्रेस अधिवेशनबाट बिदा हुन लागेका लीले चीनलाई घेराबन्दी गर्ने प्रयास भइरहेको भन्दै रक्षा बजेट उल्लेख्य रुपमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए।चीनले प्रत्येक वर्ष रक्षा क्षेत्रमा दुई सय २५ अर्ब डलर खर्च गर्दै आएको छ। यो अमेरिकी रक्षा बजेटभन्दा झण्डै ४ गुणा कम हो। तर रक्षा बजेटमा हुने वृद्धि भने प्रत्येक वर्ष उल्लेख्य मात्रामा गर्दै आएको छ। चीनले यस पटक आर्थिक विकासको लक्ष ५ प्रतिशतमा सीमित गरेको छ।हिजो सुरु भएको जनक

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 221 पटक पढिएको
  • बङ्लादेशको एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

    बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 221 पटक पढिएको
  • ग्रीसमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५७ पुग्यो

    ग्रीस - मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन्। उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए। उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो।ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन्।बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो। त्यस

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 216 पटक पढिएको
  • मलेसियामा फेरि भीषण बाढी

    क्वालालम्पुर : मलेसियामा फेरि भीषण बाढी आएको छ। गाउँ–शहर जलमग्न भएका छन्। उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।  बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्। बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो। छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन्। बुधवारको अविरल वर्षाले समस्या थपिएको छ। देशका पाँच राज्य बाढीको चपेटामा परेका छन्। सरकारी अधिकारीहरूका अनुसार  विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ।गत

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 209 पटक पढिएको
  • मट्टितेलको मूल्य ५० रूपैँयाले घटाइयो

    श्रीलंकामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ। श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका थिए।राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ।मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ। औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ।सन् २०२२ मा घरेलु आर्थिक संकटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टिते

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 176 पटक पढिएको
  • मलेसिया पुगेका एक नेपाली होस्टेलबाटै सम्पर्कविहीन

    झापा – वैदेशिक रोजगारी क्रममा मलेसिया पुगेका बाराका रिकेश ठाकुर आफू बसिरहेको होस्टेलबाट सम्पर्कविहीन भएका छन्। गएको पुस २१ गते रोजगारीका लागि मलेसिया पुगेका रिकेश मलेसियाको पुत्राजयस्थित होस्टेलबाटै सम्पर्कविहीन भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, रिकेश मानसिक रूपमा अस्वस्थ भएपछि नेपाल फर्काउने प्रक्रिया चलिरहेको थियो ।तर उनी होस्टेलबाटै हराए । परिवार, आफन्त, कम्पनी र दूतावास कसैलाई पनि रिकेशले सम्पर्क गर्नुभएको छैन । त्यसैले मलेसियामा कसैले देखेमा वा भेटेमा दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ नम्बरमा सम्पर्क गरिदिन दूतावासले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 134 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा