विदेश

    Showing 671-680 of 1,581 items.
  • भारतको लोकसभाको सभामुख पदमा ओम बिरला

    काठमाडौँ- भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् ।बुधबार प्रोटेम सभामुख भर्त्रीहरि महताबले बिरला निर्वाचित भएको घोषणा गरेका हुन् ।त्यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेश गरेका थिए । बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन् ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 351 पटक पढिएको
  • रुसको क्रिस्चियन र यहुदको सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ को मृत्यु

    एजेन्सी— रुसको दक्षिणी प्रान्त दागेस्तानस्थित क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार भएको छ। यो घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। दागिस्तानको डर्बेन्ट शहरमा भएको गोलाबारीमा २० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलको जवाफी कारबाहीमा चार आतंककारी मारिएका छन् । गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो ।

    • प्रकाशित मितिः असार १०, २०८१
    • 255 पटक पढिएको
  • भारतमा परीक्षा सञ्चालन गर्ने नयाँ कानून लागू

    काठमाडौं । भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू गरेको छ।  नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ । यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ कानुन सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ । राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी

    • प्रकाशित मितिः असार ८, २०८१
    • 386 पटक पढिएको
  • नेता म्युङमाथि चक्कु प्रहार

    काठमाडौँ । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे-म्युङमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्युङमाथि घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए । 

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 495 पटक पढिएको
  • रेलवे सुरक्षा बलकै जवानले चलिरहेको रेलमा गोली चलाउँदा ४ जनाको मृत्यु

    एजेन्सी / राजस्थानको राजधानी जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । चलिरहेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनको गोली लागेर सुरक्षा फोर्सका एक जना असई, दुई जना यात्रु र एक जना रेलमा काम गर्ने मानिसको मृत्यु भएको छ । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 278 पटक पढिएको
  • परिवर्तन भयो ट्विटरको लोगो चराको ठाउँमा अंग्रेजी अक्षर एक्स

    एजेन्सी / एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यस अघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङ्गमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिवर्तनगर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 262 पटक पढिएको
  • अत्यधिक वर्षापछि जिम हाउस भत्किँदा चीनमा ११ जनाको मृत्यु

    एजेन्सी / चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किँदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले जिम हाउस सञ्चालकलाई पक्राउ परेको छ ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 246 पटक पढिएको
  • चीनको एक स्कुलमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु

    एजेन्सी / चीनको ग्वाङ्गडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको भएको छ । मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेको बीबीसीले जनाएको छ । स्थानीय समयानुसार सोमवार बिहान ७:४० बजे ग्वाङ्गडोङ प्रान्तको एक प्रि स्कुलमा आक्रमण भएको समाचारमा उल्लेख छ । समाचारमा जनाइए अनुसार घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ । आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 347 पटक पढिएको
  • मेक्सिकोमा ८० फिट गहिरोको नदीमा बस खस्दा २९ जनाको मृत्यु

    एजेन्सी / मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । मेक्सिको सिटीबाट ओक्साकाको योसनडुआ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाएपछि ८० फिट गहिरको नदीमा खसेको थियो । ज्यान गुमाउनेमा १३ महिला र एक बालकसहित २९ जना छन् । यसअघि बुधबार मेक्सिकोको क्वेरेतारो राज्यमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • 364 पटक पढिएको
  • म्यानमारमा हवाई आक्रमण हुँदा १० जनाको मृत्यु , आठ घाइते

    एजेन्सी / म्यानमारमा भएको हवाई आक्रमणमा १० जना को मृत्यु भएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् ।आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा धेरै भैसकेको छ । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै

    • प्रकाशित मितिः असार १४, २०८०
    • 339 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा