विदेश

    Showing 571-580 of 1,580 items.
  • मिल्टन आँधीले कम्तीमा १६ को ज्यान गयो

    काठमाडौं— अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। यो सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ।३० लाख घर र व्यवसायमा अहिले बत्ती छैन। त्यहाँको गभर्नर रोस डेस सान्टिस फ्लोरिडामा केही दिनमा बाढी पनि आउनसक्ने चेतावनी दिएका छन्। फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन भनिएको छ। पश्चिम तटीय क्षेत्रमा पानीको वितरण रोकिएको छ। पत्रिका भवनमा क्रेन ठोक्किएको छ। मेजर लिग बेसबलको रङ्गशालाको छत भत्किएको छ। मिल्टन आँधी अहिले एटलान्टामा गइसकेको छ। तर यसको असर अझै बाँकी छ।संसारमा मिल्टन आँधी ३ साताको बिचको तेस्रो प्राकृतिक प्रकोप हो। गएको महिना संसारक

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 398 पटक पढिएको
  • पहिरोमा पुरिएर ब्राजिलमा २ सयभन्दा धेरै बेपत्ता

    काठमाडौं— ब्राजिलमा पहिरोमा पुरिएर दुई सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।रियो दि जेनेरियो राज्यको सैन्य निकायले अमेजन नदीको किनारमा रहेको टेरा प्रेटा बन्दरगाह नजिकैको ठूलो क्षेत्र भासिएर पहिरो गएको जनाएको छ । बन्दरगाह व्यापार र यातायातको प्रमुख विन्दुका रूपमा थियो ।पहिरो जाँदा दुई सय जनाभन्दा धेरै मानिसले सामान लोड र अनलोड गरिरहेका थिए । अमेजन नदीको पानीमा डुङ्गा, पाइप, घर र गाड

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 409 पटक पढिएको
  • अमेरिकामा हेलेन आँधीका कारण दुई सयभन्दा बढीको मृत्यु

    काठमाडौं–अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा आएको ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या दुई सयभन्दा बढी पुगेको छ, र उद्धारकर्मीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् । हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । यो आँधी सन् २००५ मा आएको क्याट्रिना तूफानपछि यहाँको सबैभन्दा घातक आँधी साबित भएको छ । क्याट्रिना आँधीले सन् २००५ मा १८ सयभन्दा बढीको मृत्यु भएको थियो । हालको आँधीको असरका कारण झण्डै एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै पनि बेपत्ता छन् । यो अवस्था उद्धारका प्रयासलाई जटिल बनाइरहेको छ, र करिब ८ लाख घरहरू अझै पनि बिजुल

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 545 पटक पढिएको
  • हिजबुल्लाहका नयाँ प्रमुखको पनि बेरुतमा हत्या : इजरायली मिडिया

    काठमाडौं– इजरायली सेनाले बिहीबार बेरुतको एक बंकरमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसिम सैफिद्दीनको मृत्यु भएको छ । टाइम्स अफ इजरायलका अनुसार, इजरायली विमानहरूले भूमिगत बंकरमा बमबारी गर्दा हिजबुल्लाहका शीर्ष अधिकारीहरू बैठकमा उपस्थित थिए ।न्युयोर्क टाइम्सका अनुसार, सैफिद्दीन त्यस बैठकमा उपस्थित थिए कि थिएनन् भन्ने स्पष्ट जानकारी छैन। हालसम्म यस आक्रमणमा कति जनाको ज्यान गएको छ भन्ने कुरा पनि खुल्न सकेको छैन ।इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाहले सैफिद्दीनको मृत्युबारे कुनै बयान जारी गरेका छैनन् । हिजबुल्लाहका स्रोतहरूका अनुसार, गत हप्ता नसरल्लाहको मृत्युपछि सैफिद

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 435 पटक पढिएको
  • राहत सामग्री बोकेको भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

    काठमाडौं–भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा बाढी राहत सामग्री वितरण गर्ने क्रममा भारतीय वायुसेनाको हेलिकप्टरमा आगलागी भएको छ । अक्टोबर २ मा बाढी पीडितहरूलाई राहत सामग्री वितरण गरिरहेको बेला हेलिकप्टरको एउटा ब्लेड अचानक भाँचिएपछि पाइलटले आपतकालीन अवतरणको निर्णय लिएका थिए । हेलिकप्टर बाढीको पानीमा सुरक्षित रूपमा अवतरण गराइएको थियो, र घटनापछि एक भिडियो सार्वजनिक भएको छ, जसमा स्थानीयहरूले हेलिकप्टरबाट राहत सामग्री लिएको देखिन्छ ।भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना मुजफ्फरपुरको घनश्यामपुर क्षेत्रमा भएको हो । हेलिकप्टरको पंखाको एउटा ब्लेड फुटेपछि पाइलटले तत्काल पानीमा अवतरण गर्नु परेको थियो ।

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 517 पटक पढिएको
  • हेलेन आँधीबाट दक्षिण–पूर्वी अमेरिकामा ४३ जनाको मृत्यु

    काठमाडौं–दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीले कम्तीमा ४३ जनाको ज्यान लिएको छ भने लाखौं मानिस बिना विद्युत जीवन बिताउन बाध्य छन् । बाढीको पानीमा फसेका मानिसहरूलाई डुङ्गा, हेलिकप्टर, र ठूला सवारी साधनमार्फत उद्धार गरिँदैछ । टेनेसी अस्पतालमा फसेका ५० जना कर्मचारी र बिरामीलाई पनि उद्धार गरिँदैछ । बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएको यो आँधीलाई अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ, जसले उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सर्ने क्रममा ठूलो नोक्सानी पुर्याएको हो । बीमा कम्पनीहरूले आँधीका कारण अर्बौं डलरको क्षति भएको बताएका छन् ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 547 पटक पढिएको
  • हिज्बुल्लाहमाथि सम्पूर्ण शक्तिकासाथ आक्रमण गर्न नेतन्याहूको निर्देशन

    काठमाडौं–इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजराइली सेनालाई हिज्बुल्लाहमाथि पूरा शक्ति लगाएर आक्रमण गर्न निर्देशन दिएका छन् । यद्यपि, अमेरिका लगायतका अन्य मित्र देशहरूले युद्धविरामको आग्रह गरेका छन् ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीबार भएको इजराइली हवाई आक्रमणमा कम्तीमा ९२ जनाले ज्यान गुमाएका छन् । हिज्बुल्लाहका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एक भवनमा भएको हवाई आक्रमणमा उनीहरूको ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूरको मृत्यु भएको छ ।बुधबार अमेरिका, बेलायत र युरोपियन युनियनले तीन हप्ताको लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजराइलले यो प्रस्त

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 383 पटक पढिएको
  • सुपरमार्केटमा प्लाष्टिक झोला प्रतिबन्ध

    काठमाडौं—बङ्गलादेश सरकारले अक्टोबर १ देखि सबै सुपरमार्केटमा प्लाष्टिक झोला (पोलिथिन र पोलिप्रोपाइलीन) राख्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नोभेम्बर १ देखि यो प्रतिबन्ध अन्य बजारमा पनि लागू हुनेछ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले पोलिथिन र पोलिप्रोपाइलीन उत्पादकहरूमाथि कडा कारबाही गरिने बताएका छन् । सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्नका लागि विस्तृत योजना बनाइएको छ । सुपरमार्केटहरूले वैकल्पिक झोलाहरूका लागि अर्डर दिइसकेको र आवश्यक व्यवस्था मिलाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 406 पटक पढिएको
  • लेबनानमा इजरायली हमला, २७४ को मृत्यु

    काठमाडौं— लेबनानमा इजरायली हमला हुँदा एकै दिन दुई सय ७४ जना मारिएका छन् । ज्यान गुमाउनेमा २१ बालबालिका, ३९ महिला र दुई स्वास्थ्यकर्मी छन् । आक्रमणमा एक हजारभन्दा बढी घाइते छन् । स्वास्थ्यमन्त्री फिरास अबियादले इजरायली बमबारीले भाग्न खोज्नेहरूका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरूलाई निसाना बनाएको बताए।  घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अलजजिराका अनुसार इजरायली आक्रमणपछि लेबनानी सिभिल डिफेन्सले ‘दक्षिणी क्षेत्र नाबातिह र बेकामा धेरै घर, कारखाना र गोदाममा’ फैलिएको आगो निभाउन काम गरिरहेको जनाएको छ। विद्

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 449 पटक पढिएको
  • बिरामी भएपछि पोप फ्रान्सिसको भ्रमण रद्द

    काठमाडौं–चर्चित धर्मगुरु पोप फ्रान्सिसले आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि बेल्जियम र लक्जमबर्गको निर्धारित भ्रमण रद्द गरेका छन् । भ्याटिकनले सोमबार जारी गरेको वक्तव्यमा पोपलाई ‘फ्लू’ को लक्षण देखिएकाले सावधानीका रूपमा भ्रमण रद्दको निर्णय लिएको जनाएको छ ।भ्रमण रद्द भएपछि, पोपले बिहीबार लक्जमबर्ग जाने र आइतबार ब्रसेल्समा मासको साथ आफ्नो बेल्जियम भ्रमणको अन्त्य गर्ने योजना स्थगित गरेका छन् । ८७ वर्षीय पोपले हालै एसियाको चार राष्ट्रको ११ दिने भ्रमण सकेका थिए, जुन उनको पोन्टीफिकेटको सबैभन्दा लामो र टाढाको यात्रा थियो ।भ्याटिकनका अनुसार, पोपले गत हिउँदमा तीव्र ब्रोन्काइटिस र इन्फ्लुएन्जाको समस्या भ

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 401 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा