विदेश

    Showing 571-580 of 2,133 items.
  • प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

    हेटौँडा— मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 532 पटक पढिएको
  • स्विस आल्प्समा बारमा आगलागी हुँदा धेरैको मृत्यु

    काठमाडौं— स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।स्थानीय प्रहरी प्रवक्ता गेटान लाथियनले भन्नुभयो, “आज बिहान १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी सुरु भयो । भवनमा सयभन्दा बढी मानिस थिए र हामीले धेरै घाइते र धेरैको मृत्यु भएको देखिरहेका छौँ ।” आगलागीको कारण पत्ता लगाउन अनुसन्धान कर्ताले अनुसन्धान सुरु गरेका छन् । लाथियनले भन्नुभयो, “हामी भर्खरै अनुसन्धानको सुरुआतमै छौँ तर यो अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्की रिसोर्ट भएकाले धेरै पर्यटक प्रभावित भएका छन् ।”प्रभावित परिवारका लागि

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 492 पटक पढिएको
  • बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं नागरिक सहभागी

    काठमाडौं— बंगलादेशले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको नमाज–ए–जानाजा आयोजना गरेको छ । बंगलादेशको राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं नागरिक सहभागी भएका थिए र उनले आफ्ना प्रिय नेताको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।बेगम खालिदाको अन्त्येष्टि नमाज बैतुल मुक्करम राष्ट्रिय मस्जिदका खतीबले सम्पन्न गराएका थिए भने बंगलादेश राष्ट्रिय जनता पार्टी (बीएनपी)का स्थायी समितिका सदस्य नज्रुल इस्लाम खानले कार्यक्रमको व्यवस्थापन गरेका थिए। नमाज–ए–जानाजापछि खालिदा जियालाई उनका पति, पूर्व राष्ट्रपति जियाउर रहमानको छेउमा, ढाकाको शेर–ए–बंगल नगरमा दफन गरिएको छ ।बंगलादेशक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 561 पटक पढिएको
  • युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) र अस्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग¥यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो ।करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 573 पटक पढिएको
  • ब्राजिलका महान फुटबल खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया

    काठमाडौं— ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । सुरुमा उनको खुट्टामा रगत जमेको आशंकामा जाँच गराइएको थियो ।तर, पूर्ण शरीरको एमआरआई परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपरेको थियो । सामान्यतया करिब ४० मिनेटमा सम्पन्न हुने यो शल्यक्रिया जटिलताका कारण झण्डै तीन घण्टा लागेको थियो, जसक्रममा मुटुमा ट्युब समेत जडान गरिएको थियो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 559 पटक पढिएको
  • काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा नुवाकोट, विदुर नगरपालिका १३ घर भएका बर्ष २८ का अमृत खड्का, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर घर भएका १९ वर्षका अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर नै घर भएका बर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ घर भएका १९ वर्षका सुजन तामाङ, रोल्पा, माडी गाउँपालिकाका २२ वर्षका प्रविन

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 511 पटक पढिएको
  • पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड

    काठमाडौं— नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।सन् २०२५ डिसेम्बर २८ र २९ (२०८२ पुस १३ र १४) मा सम्पन्न दुई दिने बैठक सन् २०२५ अप्रिलमा नेपाल–भारतबीच भएको कृषि सहयोगसम्बन्धी नयाँ समझदारी पत्र कार्यान्वयनतर्फको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ । बैठकको सह–अध्यक्षता नेपाल सरकारका सह–सचिव डा. हरि बहादुर के।सी। र भारत सरकारका

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 236 पटक पढिएको
  • चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

    एजेन्सी— चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ ।गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो ।चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए ।जसका कारण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् ।ओसाकादे

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 541 पटक पढिएको
  • टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन

    काठमाडौं— चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो ।मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै देशका आर्थिक र व्यापारिक टोलीहरूले टिकटकको विषय शान्तिपूर्ण र आपसी समझदारीका आधारमा समाधान गर्ने प्रारम्भिक सहमति गरेका थिए । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले सम्बन्धित कम्पनीहरूले चिनियाँ कानुनको पालना गर

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 535 पटक पढिएको
  • रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे ।ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ। “हामी अन्तिम चरणको वार्तामा छौँ । या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,” ट्रम्पले भने ।बन्द कक्षमा हुने वार्ता सुरु हुनुअघि सञ्चारकर्मीसँग कुर

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 531 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.