विदेश

    Showing 401-410 of 2,133 items.
  • भारतीय गायिका आशा भोसलेको निधन

    मुम्बई— आफ्नो जादुमयी आवाजले झण्डै आठ दशकसम्म श्रोतालाई मन्त्रमुग्ध पारेकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ। ९२ वर्षीया भोसलेको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पारिवारिक स्रोतलाई उल्लेख गर्दै लेखेका छन्।मुटुमा समस्या (कार्डियाक अरेस्ट) देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। उपचारका सम्पूर्ण प्रयासका बाबजुद उनको आइतबार निधन भएको समाचारमा उल्लेख छ। उनको निधनको खबरसँगै यतिबेला विश्वभरका सङ्गीतप्रेमीहरू शोकमा डुबेका छन्।शास्त्रीय सङ्गीतका हस्ती दीनानाथ मंगेशकरकी पुत्री आशाले बाल्यकालदेखि नै सङ्गीतको शिक्षा पाएकी थिइन्। दिदी लता मंग

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 516 पटक पढिएको
  • अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    काठमाडौं— पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए ।उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा राखेको भए पनि इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताए । भान्सका अनुसार यो सम्झौता हुन नसक्नु अमेरिकाको तुलनामा इरानका लागि धेरै नराम्रो खबर हो ।वार्ताको क्रममा अमेरिकी टोलीले इरानसँग आणविक हतियार निर्माण नगर्ने र त्यसका लागि आवश्यक प्रविधि तथा उपकरण

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 432 पटक पढिएको
  • मध्यपूर्वी देशमा द्वन्द्वः २८ जना घाइते, ११ नेपाली पक्राउ

    काठमाडौं— अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए । उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए ।उनले भने, ‘नेपालले अमेरिका र इरानबीच जारी द्वन्द्वलाई नजिकबाट नियाली रहेको छ । मध्यपूर्वी देशमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा घाइते हुने नेपालीको संख्या २८ पुगेको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 560 पटक पढिएको
  • इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    एजेन्सी— हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन् ।पाकिस्तानले सुरक्षा र बन्दोबस्तीको तयारीलाई तीव्र पारिएको छ भने रंगरोकन सुरु भएको छ । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले भ्रमणमा आउने सबै विदेशी प्रतिनिधिहरूको लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक व्यापक योजना तयार गरिएको छ।राजधानी इस्लामाबादका अधिकारीहरूले वार्ता अघि व्यापक सुरक्षा उपायहरू लागू गरेका छन्, व्यवस्थालाई सहज बनाउन इस्लामाबाद र पाकिस्तानी प्रान्त पञ्जाबको तेस्रो ठूलो शहर रावलपिंडीमा स्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 549 पटक पढिएको
  • नाइजेरियामा सशस्त्र आक्रमणमा ६० जनाको मृत्यु

    एजेन्सी— उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ ।नाइजर राज्यको शिरोरो क्षेत्रको इरिना सहरमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । यसै गरी बन्दुकधारीहरूले केब्बी राज्यका धेरै सहरहरूमा गरेको आक्रमणमा अन्य ४० भन्दा बढीको मृत्यु अधिकारीहरूले उल्लेख गरेका छन् ।पछिल्लो समयमा नाइजेरियाली राज्यहरूले सुरक्षा संकटको सामना गरिरहेका छन्, जहाँ सशस्त्र गिरोहहरूले गाउँहरू लुटेका छन् भने बासिन्दाहरूलाई अपहरण गरेका छन् । यस्ता घटनाहरू दिनदहाडै बढ्दै जादा डर फैलिएको छ भने उत्तरपश्चिममा सक्रिय उग्रवादी समूहहरूले दक्

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 527 पटक पढिएको
  • इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

    काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ ।लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भएपछि खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किन र पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएका छन् ।यसअघि, अमेरिका र इरानबीच मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 118 पटक पढिएको
  • इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

    काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ ।लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भएपछि खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किन र पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएका छन् ।यसअघि, अमेरिका र इरानबीच मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 214 पटक पढिएको
  • चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं— विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष (आव) ०८२/८३ मा उल्लेखनीय रूपमा सुस्त हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको आर्थिक वृद्धि दर आगामी वर्ष घटेर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको हो ।प्रतिवेदनमा पश्चिम एशियामा जारी द्वन्द्व र २०२५ सेप्टेम्बरको आन्तरिक अस्थिरताको दीर्घकालीन प्रभावलाई वृद्धि सुस्त हुनुको मुख्य कारणका रूपमा औंल्याइएको छ । विशेषगरी सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै पर्यटन गतिविधिमा सुस्ती, यातायात लागत वृद्धि तथा आपूर्ति शृंखलामा अवरोधले अर्थतन्त्रमा दबा

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 457 पटक पढिएको
  • गृहमन्त्री गुरुङ र म्युलीको भेटः स्विस बैंक खाताबारे अनुसन्धानमा सहयोग गर्न आग्रह

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । गृहमन्त्री गुरुङ र म्युलीबिच बुधबार भेटवाता भएको हो ।भेटमा गुरुङले नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई अवैध रूपमा आर्जन गरेको पैसा नेपालीले स्विस बैंकमा राखेको वा नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 591 पटक पढिएको
  • मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे जानकारी

    काठमाडौं— परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति दिएको छ।परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्।राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे अवगत गराएका थिए।त्यस्तै परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सचिव राईले सूक्ष्म ढङ्गले जानकारी गराएको दाहालले बताइन्।नेपाल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.