विदेश

    Showing 351-360 of 1,579 items.
  • गाजामा राहत केन्द्र नजिकै गोलीकाण्डमा परी २४ जनाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजामा रहेको एक राहत केन्द्र नजिकै गोलीकाण्डमा परी कम्तीमा २४ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।स्थानीय समयअनुसार शनिबार, सयौँ प्यालेस्टिनीहरू राहत सामग्री लिन केन्द्रमा जम्मा भएका बेला इजरायली सेनाले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूको भनाइ अनुसार, मानिसहरू खाना लिनको लागि केन्द्रमा जम्मा भएका थिए, त्यहीबेला अचानक गोली चलाइएको हो।इजरायली रक्षा बल (आईडीएफ) ले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। आईडीएफ का एक अधिकारीले भनेका छन्, “मानिसहरू तितरबितर पार्न चेतावनीस्वरूप गोली चलाइएको थियो। हाम्रो सुरक्षामा खतरा महसुस भएकाले मात्र कारबाही गरिएको हो

    • प्रकाशित मितिः असार २९, २०८२
    • 585 पटक पढिएको
  • आयरल्यान्डका कर्टिस क्याम्फरले पाँच बलमै पाँच विकेट लिएर इतिहास रच्दै कीर्तिमान कायम

    डब्लिन — आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक पुरुष क्रिकेटको इतिहासमा एकै स्पेलमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्।उनले यो अद्भुत उपलब्धि इन्टर-प्रोभिन्सियल टी–२० ट्रफी अन्तर्गत मन्स्टर रेड्सका लागि नर्थ–वेस्ट वारियर्सविरुद्ध हासिल गरेका हुन्। क्याम्फरले २.३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिँदै आफ्नो स्पेल समाप्त गरे।मन्स्टर रेड्सका कप्तानसमेत रहेका क्याम्फरले दोस्रो र तेस्रो ओभरमा मिलाएर यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स टोली ८७/५ को अवस्थामा हुँदा क्याम्फरको यो विस्फोटक प्रदर्शनपछि एक रन थप्दै ८८ रनमै समेटिएको थियोउनको विकेट लिने

    • प्रकाशित मितिः असार २७, २०८२
    • 380 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 290 पटक पढिएको
  • मलेसियामा प्रहरी हेलिकप्टर नदीमा खस्यो, पाँचै जना चालक दल सकुशल उद्धार

    काठमाडौं – मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक प्रहरी हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा नदीमा खसेको छ। हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्य सकुशल उद्धार गरी जोहोर बारुको सुल्ताना अमीना अस्पतालमा भर्ना गरिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना जोहोरको सुंगाई पुलाई क्षेत्रमा भएको हो। हेलिकप्टर नियमित सैन्य अभ्यासमा संलग्न थियो। मलेसियन नागरिक उड्डयन प्राधिकरण  का अनुसार, हेलिकप्टरले बिहान ९:५१ बजे तंजुंग कुपांग प्रहरी चौकीबाट उडान भरेको थियो, तर केही समयमै प्राविधिक समस्या आएपछि आपतकालीन अवतरणको प्रयासमा नदीमा खसेको हो।घटनाको छानबिन एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले

    • प्रकाशित मितिः असार २६, २०८२
    • 264 पटक पढिएको
  • ट्रम्पले लगाए ब्राजिलमाथि ५० प्रतिशत भन्सार, आन्तरिक राजनीतिमा हस्तक्षेपको आरोप

    वासिङ्टन– अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट आयात हुने सबै वस्तुमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले यो कदम ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोलाई राजनीतिक प्रतिशोधस्वरूप दुःख दिइएको आरोप लगाउँदै चालेका हुन्।ट्रम्पले ब्राजिलका हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कडा शब्दमा पत्र लेख्दै बोल्जोनारोमाथि भइरहेको न्यायिक कारबाहीको विरोध गरेका छन्। उनले लुला सरकारमाथि बोल्जोनारोको अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गरेको र "स्वतन्त्र निर्वाचनमाथि आक्रमण" गरेको आरोप लगाएका छन्।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भन्सार वृद्धि अगस्ट १ देखि लागू

    • प्रकाशित मितिः असार २६, २०८२
    • 268 पटक पढिएको
  • पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा

    एजेन्सी – बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् । मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए । सलमान कालो टि–शर्ट र जिन्समा अनौपचारिक रूपमा सजिएर कार्यक्रम स्थलमा पुग्दा शुभेच्छुकहरुबाट पनि घेरिएका थिए ।  आफ्नो फिट शरीर र नयाँ कपालको रंगमा उनी निकै रोमान्चक देखिएका थिए । उक्त कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। एउटा क्लिपमा सलमानले पापाराजीका लागि पोज दिँदै गम्भीर अभिव्यक्ति देखाएका छन्। यद्यपि, कार्यक्रम स्थल बाहिर पर्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 294 पटक पढिएको
  • अमेरिकाको टेक्सासमा बाढीमापरी ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

    काठमाडौं – अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानिय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरु पनि हाल सम्म बेपत्ता छन,‘ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउ

    • प्रकाशित मितिः असार २६, २०८२
    • 201 पटक पढिएको
  • भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

    काठमाडौं – बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भुकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन् । तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • 261 पटक पढिएको
  • हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

    साना, २६ असार । लाल सागरमा विगत केही दिनदेखिको शान्ति पुनः भंग भएको छ ।  गत बुधवार यमनको इरान समर्थित हुथी लडाकुहरूले आक्रमण गरेका दुई जहाजमध्ये एउटा ‘इटर्निटी सी’ पूर्ण रूपमा डुबेको छ । यो घटनाले लाल सागरमा पानीजहाजको सुरक्षामा फेरि गम्भीर प्रश्न खडा गरेको छ ।सोमबार र मंगलबार फेरि समुद्री ड्रोन र रकेटले हुथी लडाकुहरूले जहाजलाई आक्रमण गर्दा यो दुर्घटना भएको हो। बुधबार बिहानसम्म जहाज पूरै पानीले ढाकिएको थियो। यस जहाजमा रहेका २५ चालक दलका सदस्यमध्ये ६ जनालाई कुनै न कुनै तरिकाले बचाइएको छ भने १५ जना अझै बेपत्ता रहेका छन् ।जबकि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हुथी बिद्रोहीहरूले

    • प्रकाशित मितिः असार २६, २०८२
    • 180 पटक पढिएको
  • मस्कले फेरी लगाए ट्रम्पमाथी यौन शोषणको आरोप, एपस्टेन फाइल खोल्ने दावी

    क्यालिर्फोनिया, २६ असार । टेस्लाका सीईओ एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टेनको फाइल गोप्य राखेको पुनः आरोप लगाएका छन् ।हालै अमेरिकन पार्टी खोलेका मस्कले यी फाइलहरू सार्वजनिक गर्नु उनको पार्टीको प्राथमिकता भएकोसमेत जानकारी दिएका छन् ।मस्कले मंगलबार एक्समा लेखेका थिए, ‘ट्रम्पले एपस्टेनका फाइलहरू रिलिज गरेनन् भने मानिसहरूले उहाँमाथि कसरी विश्वास गर्ने ?’ जब एक प्रयोगकर्ताले यो मुद्दा आफ्नो पार्टीको लागि महत्त्वपूर्ण छ भनेर सोधेका थिए, मस्कले १०० प्रतिशत भन्दै इमोजीको साथ जवाफ दिएका छन् । जेफ्री एपस्टेन मुद्दा नाबालिग केटीहरूको यौन शोषणसँग सम्बन्धित छ, जसमा धेरै उच्च

    • प्रकाशित मितिः असार २६, २०८२
    • 261 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा