विदेश

    Showing 2,031-2,040 of 2,133 items.
  • अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

    बिर्तामोड(एपी) अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।ट्रम्पको उक्त कदमले शरणार्थीलाई दिइने प्रबेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै वर्तमान् अमेरिकी राष्ट्रपति बाइडेन कै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दवावपछि सोमबार यो निर्णय आएको हो । डिमोक्र्याटि

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 169 पटक पढिएको
  • गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय

    बिर्तामोड(एपी) विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उीहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन् । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 141 पटक पढिएको
  • नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु

    काठमाडौँ / पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ । विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको बताइएको छ । त्यस क्षेत्रका सचिव इब्राहिम मिकोले सेनासँग प्रत्यक्ष भिड्न नसकेपछि बारुदी सुरुङ बिस्फोट गराएर काँतरहरुले आक्रमण गरेको भन्दै आक्रोश पोखे । साहेल–सहारा क्षेत्रको विशाल भूमिमा शान्ति, सुरक्षा र विकासमाथि नै विद्रोहीहरुले निरन्तर धावा बोलिरहेका छन् । छिमेकी मुलुक चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 139 पटक पढिएको
  • स्पिडबोट दुर्घटनामा २६ जनाको मृत्यु

    बिर्तामोड(सिन्ह्वा)  बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो । स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए । उनले भने, २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तिब्र बनाइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 141 पटक पढिएको
  • भारतमा एकै दिन कोभिडबाट तीन हजार ४ सय १७ को मृत्यु

    बिर्तामोड(एएनआई) भारतमा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४ सय १७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 134 पटक पढिएको
  • चार अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण

    बिर्तामोड(एएफपी)  स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो । नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ । फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अ

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 128 पटक पढिएको
  • भारतका पाँच राज्यमा मतगणना जारी, बङ्गालमा त्रिणमुलको अग्रता

    बिर्तामोड(एएनआई) भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ ।चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ । यसपटक पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडू राज्य तथा केन्द्र शासित पुडुचरी राज्यमा चुनाव भएको हो । सबैभन्दा ठूलो राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको दल त्रिणमुल कङ्ग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर सरकार बनाउने प्रयत्नमा छ भने यहाँ भारतीय जनता पार्टीले त्रिणमुलमाथि कडा टक्कर दिने अनुमान गरिएको छ । मध्यान्हसम्मको मतगणनामा कूल २९२ सिट रहेको पश्चिम बङ्गालमा त्र

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 138 पटक पढिएको
  • कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु

    बिर्तामोड(सिन्ह्वा) कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।   भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटनको घटना भएको हो । प्रारम्भीक विवरण अनुसार विस्फोटन भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो ।  घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरु

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 159 पटक पढिएको
  • भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित

    बिर्तामोड(एएनआई) भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ । अहिलेसम्म कोरोनाभाइरस

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 130 पटक पढिएको
  • भारतको एक अस्पतालमा आगलागी, १८ जनाको मृत्यु

    बिर्तामोड(एएफपी) भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे । उनले भने, “आगलागी अस्पतालको आईसीयूमा रह

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.