विदेश

    Showing 1,811-1,820 of 2,133 items.
  • उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको भनाई

    बिर्तामोड(एजेन्सी) उत्तर कोरियाले आलसालै निर्माण गरिएको एक आणविक क्षेप्यास्त्र मंगलबार प्रक्षेपण गरेको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ । हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्प्रषेण गरेका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्त

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 155 पटक पढिएको
  • कारागारमा कैदीहरूबीच झडप : २४ को मृत्यु, ४२ घाइते

    बिर्तामोड(एजेन्सी) इक्वेडरको एक कारागारमा २४ जना कैदीको मृत्यु भएको छ । कारागारमा राखिएका कैदीहरूबीच झडप हुँदा उनीहरूको मृत्यु भएको हो । झडपमा परी ४२ जना कैदी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार इक्वेडरको तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । राष्ट्रिय प्रहरीले ती कैदीहरूबीच के कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 192 पटक पढिएको
  • भारतमा २०१ दिनपछिकै सवैभन्दा कम सङ्क्रमित, सक्रिय सङ्क्रमित पनि न्युन

    एजेन्सी / भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।दैनिक सङ्क्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना सङ्क्रमित भएका ह

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 153 पटक पढिएको
  • सोमालियामा बम आक्रमण : सातको मृत्यु, नौ घाइते

    बिर्तामोड(एजेन्सी) सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । बम आक्रमण शनिबार भएको प्रहरीले जनाएको छ । आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरूले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 177 पटक पढिएको
  • तालिबानले अपहरणमा संलग्न चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो

    बिर्तामोड(एजेन्सी) तालिबानले अफगानिस्तानको हेरात सहरमा अपहरणमा संलग्न रहेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएर उनीहरूको शव सार्वजनिक स्थानमा झुन्डाएको बताइएको छ । तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेन जस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।हेरातका एक व्यापारी वाजिर अहमद सिद्दिकीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा चारओटै शव ल्याइएको भए पनि उक्त स्थानमा एउटा शवमात्र झुण्ड्याइएको र अन्य तीन शव सहरको अ

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 190 पटक पढिएको
  • हत्यापछि तालिवानले शव सार्वजनिक स्थानमा झुण्ड्यायो

    एजेन्सी / अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ।अफगानिस्तानको दक्षिणी शहर हेरातमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरमा झुण्ड्याइएको एशोसियटेड प्रेसले जनाएको छ ।हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ। उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो।तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए। त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर अ

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 415 पटक पढिएको
  • अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको माग

    बिर्तामोड(एजेन्सी) पाकिस्तानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेको छ । राष्ट्रसङ्घको ७६ औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन् । अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सबैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका थिए । प्रधानमन्त्री खानले विशेषगरि आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए ।  प्रधानमन्त्री खानले भन, –“अफगानिस्त

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 155 पटक पढिएको
  • १५ वर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा २८ पक्राउ

    बिर्तामोड(एजेन्सी) भारतमा एक किशोरीलाई नौ महिनासम्म बलात्कार गरेको आरोपमा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई नौ महिना देखि ३३ जनाले सामूहिक बलात्कार गर्दै आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गत जनवरीदेखि ती किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो । स्थानीय मिडियाका अनुसार पहिले किशोरीका प्रेमीले उनलाई बलात्कार गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनीमाथि ब्ल्याकमेल गर्दै नौ महिनादेखि लगातार गरिरहे ।बुधबार राती ती किशोरीले प्रहरीमा यस घटनाबारे उजुरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन् ।

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 176 पटक पढिएको
  • नाइजेरियामा हैजाबाट ३ सय २९ को मृत्यु

    बिर्तामोड(एजेन्सी) नाइजेरियामा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको छ । नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीका अनुसार उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो ।  कानो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ बिरामी पनि परेका छन् । स्थानीय निकायहरूमा ११ हजार ११५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए । अहिले पनि ३१ जना हैजा लागेको पु

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 202 पटक पढिएको
  • सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा

    बिर्तामोड(एजेन्सी) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् । उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन् । गुटर्रेसले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.