बिर्तामोड(एजेन्सी) तालिबानले अफगानिस्तानको हेरात सहरमा अपहरणमा संलग्न रहेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएर उनीहरूको शव सार्वजनिक स्थानमा झुन्डाएको बताइएको छ । 

तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेन जस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।

OM Sai Pathibhara Hospital

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।

हेरातका एक व्यापारी वाजिर अहमद सिद्दिकीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा चारओटै शव ल्याइएको भए पनि उक्त स्थानमा एउटा शवमात्र झुण्ड्याइएको र अन्य तीन शव सहरको अन्य स्थानमा झुण्ड्याउनको लागि लगिएको बताए ।

तालिबानले अफगानिस्तानमा इस्लामिक नियमभित्र रहेर महिला अधिकारको पनि रक्षा गरिने बताउँदै आएको छ ।