बिर्तामोड(एजेन्सी) भारतमा एक किशोरीलाई नौ महिनासम्म बलात्कार गरेको आरोपमा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ । 

१५ वर्षीया किशोरीलाई नौ महिना देखि ३३ जनाले सामूहिक बलात्कार गर्दै आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गत जनवरीदेखि ती किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो । 

OM Sai Pathibhara Hospital

स्थानीय मिडियाका अनुसार पहिले किशोरीका प्रेमीले उनलाई बलात्कार गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनीमाथि ब्ल्याकमेल गर्दै नौ महिनादेखि लगातार गरिरहे ।

बुधबार राती ती किशोरीले प्रहरीमा यस घटनाबारे उजुरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन् ।