बिर्तामोड(एजेन्सी) उत्तर कोरियाले आलसालै निर्माण गरिएको एक आणविक क्षेप्यास्त्र मंगलबार प्रक्षेपण गरेको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । 

समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो । 

OM Sai Pathibhara Hospital

सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ । हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्प्रषेण गरेका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो ।

जापानले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र आफ्नो देशको सीमा भित्रको समुन्द्रमा खसेको बताएको थियो । सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्र नजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ ।