बिर्तामोड(एजेन्सी) नाइजेरियामा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको छ ।

नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीका अनुसार उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो ।  

OM Sai Pathibhara Hospital

कानो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ बिरामी पनि परेका छन् । 

स्थानीय निकायहरूमा ११ हजार ११५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए । 

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।