बिर्तामोड(एजेन्सी) सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । 

बम आक्रमण शनिबार भएको प्रहरीले जनाएको छ । आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरूले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।