बिर्तामोड(एजेन्सी) पाकिस्तानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेको छ । राष्ट्रसङ्घको ७६ औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन् । 

अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सबैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका थिए । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री खानले विशेषगरि आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए ।  

प्रधानमन्त्री खानले भन, –“अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।”

अहिले पनि भोकमरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । 
अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमा आफूलाई दुखित र अचम्मित बनाएको उनको भनाइ छ ।