बिर्तामोड(एजेन्सी) इक्वेडरको एक कारागारमा २४ जना कैदीको मृत्यु भएको छ । कारागारमा राखिएका कैदीहरूबीच झडप हुँदा उनीहरूको मृत्यु भएको हो । 

झडपमा परी ४२ जना कैदी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

मंगलबार इक्वेडरको तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । राष्ट्रिय प्रहरीले ती कैदीहरूबीच के कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।